रास्वपाको उम्मेदवार बन्न क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनुपर्ने


काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार हुन चाहनेहरूले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने प्रावधान ल्याको छ। पार्टीको आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।

यसअघि गत साता बसेको रास्वपा संसदीय दलको बैठकले उम्मेदवार छनोटका लागि सह-महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ७ सदस्यीय स्थानीय निर्वाचन उमेदवार छनोट रूपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति गठन गरेको थियो।

बैठकमा समितिले स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ को मस्यौदा प्रतिवेदन सभापति रवि लामिछानेलाई हस्तान्तरण गरेको थियो।

पार्टीको केन्द्रीय कार्यालयमा जारी सचिवालय बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा–२०८३ सहित महाधिवेशन कार्यविधि–२०८३, संसदीय दलको विधान संशोधनलगायत विषयमा छलफल भइरहेको रास्वपाले जनाएको छ।