काठमाडौँ।
सम्पत्ति शुद्धीकरण कसुरमा आरोपित रामबहादुर बम्जनले अदालतबाट सफाइ पाएका छन् ।
जिल्ला अदालत सर्लाहीका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले गत ८ वैशाखमा बम्जनविरुद्ध लगाइएको अभियोग पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको हो ।
यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गर्दा ठूलो मात्रामा रकम बरामद गरेपछि बम्जनमाथि सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरिएको थियो ।
बम्जनविरुद्ध बाल यौन दुराचार तथा व्यक्तिलाई बेपत्ता पारेको आरोपमा समेत मुद्दा चलाइएको थियो । तीमध्ये बाल यौन दुराचारसम्बन्धी मुद्दामा उच्च अदालत जनकपुरले ६ चैत २०८१ मा उनलाई सफाइ दिएको थियो, पछि उनी कारागारबाट रिहा भएका थिए ।
यसअघि जिल्ला अदालत सर्लाहीले १७ असार २०८१ मा बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । उक्त फैसलाविरुद्ध उनी उच्च अदालत गएका थिए ।
बम्जनमाथि सिन्धुपाल्चोकस्थित आश्रमबाट एक अनुयायी बेपत्ता पारेको आरोपसमेत लागे पनि सो मुद्दा हालसम्म अदालतमा दर्ता भएको छैन । उनी लामो समयसम्म फरार रहेपछि २४ पुस २०८० मा सीआईबीले उनलाई बूढानीलकण्ठबाट पक्राउ गरेको थियो ।











प्रतिक्रिया