काठमाडौँ।
काठमाडौँको बल्खुस्थित सुकुम्वासी बस्तीमा बस्दै आएका ईन्द्रबहादुर राई मृत फेला परेका छन् । शुक्रबार बिहान घर भत्केको हेर्न सक्दिनँ भन्दै निस्किएका ६१ वर्षीय राई दिउँसो बल्खु खोलामा मृत भेटिएका हुन् ।
राइकी पत्नी सरिता राईले बिहान घर भत्किएपछि एक्लै बर्बराउँदै हेर्न सक्दिनँ भनेर निस्किएको र अहिले मृत अवस्थामा भेटिएको बताइन् । स्थानीयका अनुसार ईन्द्रबहादुरको परिवार बल्खुको सुकुमवासी बस्तीमा १६/१७ वर्षदेखि बस्दैआएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले भने थप अनुसन्धान भइरहेको जनाएको छ ।











प्रतिक्रिया