राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धिकरण निवारण अध्यादेश जारी


काठमाडौँ।

राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धिकरण (निवारण अध्यादेश, २०८३ जारी गरेका छन् ।

उनले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश शुक्रबार जारी गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन् ।

यसअघि उनले बिहीबार सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ र सहकारीसम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरिसकेका छन् ।