दोलखा।
गौरीशङ्कर बहुउद्देश्यीय सहकारी संस्था चरिकोटले चर्नावती धाममा रहेको ज्येष्ठ नागरिक सेवा भवनमा रहेका ज्येष्ठ नागरिकहरुको लागि पाँच वटा फ्यान वितरण गरेको छ ।
दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर– ७ मा पर्ने तामाकोशी नदीको किनारमा अवस्थित ज्येष्ठ नागरिक सेवा भवनका ज्येष्ठ नागरिकहरु लाई गर्मीमा समस्या नहोस् भनेर पाँच वटा ठूला फ्यान वितरण गरेको गौरीशङ्कर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष श्याम बहादुर थापाले बताए ।
चर्नावती धाममा केही बर्षदेखि सञ्चालनमा रहेको ज्येष्ठ नागरिक सेवा भवनमा अहिले दुई महिलासहित १० जना ज्येष्ठ नागरिक रहेको ज्येष्ठ नागरिक सेवा भवनको व्यवस्थापक रचना उप्रेतीले बताइन ।
ज्येष्ठ नागरिक सेवा भवनमा रहेका ज्येष्ठ नागरिकको सहजताको लागि सहकारीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विभिन्न सहयोग गर्दै आएको अध्यक्ष थापाको भनाई छ । अघिल्लो वर्ष पनि सहकारीले ज्येष्ठ नागरिक सेवा भवनमा रहेका ज्येष्ठ नागरिकहरु को लागि हुवीलचियर र ट्वाईलेट कुर्सी वितरण गरिएको अध्यक्ष थापाले बताए ।
विभिन्न संघ– संस्था र व्यक्तिले ज्येष्ठ नागरिक सेवा भवनमा रहेका ज्येष्ठ नागरिकको लागि आवश्यक विभिन्न सामग्री, खाद्यान्न, फलफूल लगायत सहयोग गर्दै आएको र गौरीशङ्कर बहुउद्देश्यीय सहकारीले पनि निरन्तर सहयोग गरिरहेको ज्येष्ठ नागरिक सेवा भवनका व्यवस्थापक उप्रेतीले बताइन ।
दाताहरुको सहयोगले ज्येष्ठ नागरिकहरुलाई हरेक कुरामा सहजता भएको उल्लेख गर्दै यस्तो सहयोग सधैँ अपेक्षित रहेको उनको भनाई छ ।











प्रतिक्रिया