काठमाडौ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाको बागमती प्रदेश स्तरीय छलफल आयोजना गर्नुभएको छ।



बालुवाटारस्थित ओपेरा होटलमा सम्पन्न छलफल कार्यक्रममा बागमति प्रदेशबाट प्रतिनिधित्व गर्नु हुने कांग्रेस केन्द्रीय पुर्वपदाधिकारी एवं पुर्व केन्द्रीय सदस्यहरु, जिल्ला सभापती र पुर्व सभापती, सांसद र पुर्वसांसद, वाग्मती प्रदेस सांसद, कांग्रेस बागमती प्रदेश कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु, लगायत अन्य महत्त्वपूर्ण नेताहरुको उपस्थिति रहेको थियोे ।



देश र पार्टीको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै रणनीति तयार गर्ने उद्देश्यले सुझाव लिन छलफल आयोजना गरिएको हो ।छलफलमा सहभागीहरुले पन्ध्रौं महाधिवेशनका लागी क्रियाशिल सदस्यता नविकरण भैसकेको अवस्थामा पुनः अध्यावधिक गर्न नहुने अडान राखेका छन् ।



अहिले आएर सदस्यता अध्यावधिक व्यवहारीक नभएको उनिहरुको तर्क थियो ।उनिहरुले विशेष महाधिवेशनकै कारण पार्टीमा एकता कायम हुन नसकेको बताए । पार्टी एक बनाएर लैजाने सम्पुर्ण जिम्मेवारी पनि सभापतिकै रहेको उनिहरुले बताए ।







छलफलमा नेताहरु- डा शशांक कोइराला, बलबहादुर केसी, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, दिपक गिरी, संजय गौतम, शिब हुमागाँई, राजिव कोइराला, टेकप्रसाद गुरुङ, उमेशजंग रायमाझी, डा गोविन्दराज पोख्रेल, किरण यादव, गणेश लामा, संघीय सांसदहरु डा चन्द्रमोहन यादव, उर्मिला थपलिया र गिता देवकोटा, कांग्रेस बागमती प्रदेश समिति महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री जीवन डंगोल, सदस्यहरु- उपेन्द्र लम्साल, शान्ता क्षेत्री, होम चौलागाईं, नानू दाहाल, सुनिता काफ्ले, अस्मिन सिटौला, धादिङ सभापति रामनाथ अधिकारी, नुवाकोट सभापति रमेश महत, चितवन सभापति राजेश्वर खनाल, मकवानपुर उपसभापति धर्म लामिछाने, सिन्धुली सचिव ईश्वर बस्नेत, काठमाडौ महानगर सभापति निलकाजी शाक्य, बागमती प्रदेश सांसद रामकृष्ण चित्रकार र हरिप्रभा खड्गी, बागमती प्रदेश पुर्व सांसद नरोत्तम बैध्य र बिजुला बर्मा किर्तिपुरका मेयर कृष्णमान डंगोल, तरुण दल पुर्व केन्द्रीय सभापति बिनोद कायस्थ, नेता लोकेश ढकाल लगायत १ सय २३ जनाको सहभागीता रहेको थियोे ।











प्रतिक्रिया