एन्सेलले जित्यो टेक्सपायर कर्पोरेट टि-१० लिगको उपाधि


काठमाडौँ।

टेक्सपायर कर्पोरेट टि-१० लिगको उपाधि एन्सेलले जितेको छ। काठमाडौँको तल्लो मुलपानी मैदानमा आज सम्पन्न भएको फाईनेल खेलमा एन्सेलले सुबिसुलाई ३८ रन (डकवर्थ–लुइस विधि) ले पराजित गर्दै उपाधि जितेको छ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको एन्सेलले निर्धारित १० ओभरमा २ विकेट गुमाउँदै १३१ रनको बलियो स्कोर बनायो। एन्सेल का लागि अनिल भण्डारीले विस्फोटक ब्याटिङ गर्दै ३३ बलमा ७४ रन बनाए भने समाज पौडेलले २० बलमा ४८ रन जोड्दै टिमलाई उच्च स्कोरमा पुर्‍याए।

१३२ रनको लक्ष्य पछ्याएको सुबिसु को सुरुवात राम्रो हुन सकेन। टिमले नियमित अन्तरालमा विकेट गुमाउँदै ८ ओभरमा ६ विकेट गुमाएर मात्र ६३ रन बनाउन सक्यो। विवेक कुमार यादवले १७ रन र दमन चन्दले २३ रन बनाए पनि अन्य ब्याट्सम्यानले राम्रो योगदान दिन सकेनन्।

बलिङतर्फ एन्सेलका निराजन परियारले २ ओभरमा १७ रन दिएर १ विकेट लिए। हिमाल चन्दले २ ओभरमा १७ रन खर्चिँदै १ विकेट लिए भने विवेक कुमार यादवले २ ओभरमा २४ रन दिए। सचिन्द्र ठाकुरले १ ओभरमा १८ रन खर्चिए।

एन्सेलका अनिल भन्डारी प्लेयर अफ ड म्याच चुनिए। आईसिएफसी फाईनन्सका कप्तान सुरज तिमिल्सिना प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिए।