स्याकार ट्रेडिङद्वारा होण्डाका प्रिमियम सर्भिस सेन्टर विस्तार, ‘पहिलेकै मूल्यमा उच्चस्तरीय सेवा’ को घोषणा


काठमाडौँ
स्याकार ट्रेडिङ कम्पनीले नेपालमा होण्डाका ग्राहकलाई अझ उत्कृष्ट र विश्वस्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित देशभर प्रिमियम सर्भिस सेन्टर विस्तार गर्ने घोषणा गरेको छ ।
पद्म ज्योति ग्रुपअन्तर्गत सञ्चालनमा रहेको कम्पनीले पहिलो चरणमा ६ वटा अत्याधुनिक सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना सार्वजनिक गर्दै त्रिपुरेश्वर (पूर्व टेकुबाट स्थानान्तरण) र कान्तिपथस्थित ज्योति भवनमा रहेका दुई केन्द्रको औपचारिक उद्घाटन सम्पन्न गरेको छ ।

उद्घाटन कार्यक्रममा होण्डाका उच्च अधिकारी तोसिओ कुवाहारा सहित स्याकार ट्रेडिङका चेयरम्यान सौरभ ज्योति र भाइस चेयरम्यान सुहृद ज्योतिको उपस्थिति रहेको थियो ।

कम्पनीले “पहिलेकै मूल्यमा प्रिमियम सर्भिस” अवधारणा अघि सार्दै ग्राहकलाई बिना अतिरिक्त लागत उच्चस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । यसअन्तर्गत प्रिमियम कस्टमर एक्सपिरियन्स, कस्टमर फस्र्ट एप्रोच तथा दक्ष र प्रशिक्षित मेकानिक्समार्फत वल्र्ड क्लास सेवा प्रदान गरिनेछ । साथै, शोरुम, सर्भिस र जेन्युन पाट्र्स एकै स्थानमा उपलब्ध हुने ‘थ्रीएस सुविधा, अत्याधुनिक डायग्नोस्टिक उपकरण, डिजिटल सर्भिस ट्र्याकिङ प्रणाली, फास्ट सर्भिस बे, आरामदायी वेटिङ लाउन्ज र निःशुल्क पेय पदार्थको व्यवस्था समेत गरिने कम्पनीले जनाएको छ ।

यस विस्तार योजनामार्फत देशभरका होण्डा ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको सेवा अनुभव दिलाउने लक्ष्यसहित आगामी दिनमा थप सेवा केन्द्र विस्तार गरिने कम्पनीले स्पष्ट पारेको छ ।