त्रिविका उपकुलपतिको गुनासो:  सधैँ बिदामा धेरै काम गरेका थियौं सवारी चलाउन नदिएपछि रोक्यौं

5.17k
Shares

– मन्त्रीसँग कुरा गरेरमात्र निर्णय गर्छौं

काठमाडौँ। 

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्यालले उपकुलपतिको पदभार सम्हाले लगत्तै एउटा वाचा गर्नुभएको थियो । त्यो वाचा थियो–बिदाको दिनमा सधैँ कार्यालय आएर कामगर्ने । करिब एकवर्षअघि उपकुलपतिको कुर्सीमा बस्नुभएका उहाँ अहिलेसम्म बिदा नबसेको दाबी उहाँको थियो । 

तर अहिले  ट्राफिक प्रहरीले सवारीसाधनमाथि धडपक्कड गर्न थालेको कारण उहाँको निर्णय काम लागेन । बिदाको दिन सवारी चलाएको भन्दै ट्राफिक प्रहरीले चेकजाँच गरेर कागजात लिने थालेपछि त्रिविका पदाधिकारीले अब बिदाको दिन कुनैपनि काम नगर्ने बताएका छन् । 

 ‘अरुदिन भेटघाटमै व्यस्त हुन्छौ, बैठक र कार्यक्रमले गर्दा कुनैपनि अफिसियल काम गर्न पाउँदैनथ्यौ । त्यही भएर बिदाको दिनमा पनि कार्यालय आएर काम गर्ने बचन दिएका थियौ । अब रोकिएको छ’–उपकुलपति प्राडा अर्यालले भन्नुभयो । 

 ‘हामी त बिदाको दिन कार्यालय आउथ्यौ ,दिनभर काम गरेर फर्किन्थ्यौ । घरबाट अफिस र अफिसबाट घर र केही अत्यावश्यक काम बाहेक अन्य काममा सवारी साधन बाहिर लैजादैनथ्यौ । यति गर्दागर्दै पनि चेकजाच गरेर सवारी साधन रोकेपछि केही दिनको लागि बिदाको दिन कार्यालय नआउने निर्णय गरेका छौ’–उपकुलपति अर्यालको भनाई थियो । 

 हामीले पास बोकेका हुन्छौ, ट्राफिकलाई पास देखायौ यो कहाको पास हो हामी, चिन्दैनौ भन्छन् सवारी नियन्त्रणमा लिन्छन् यस्तो अन्याय भएपछि हामीले बिदामा नआउने निर्णय उपकुलपति र पदाधिकारीले गरेका हुन ।

 यस विषयमा त्रिविका पदाधिकारीले सहकुलपति एवं शिक्षा , विज्ञान तथा प्रबिधिमन्त्री सस्मित पोखरेलसँग कुरा गर्ने भएका छन्।