धादिङको गजुरीमा माइक्रो दुर्घटना:  १२ यात्रु घाइते, ५ जना गम्भीर घाइतेलाई काठमाडौं पठाइयो 


धदिङ। 

पृथ्वी राजमार्ग अन्तरगत धादिङको गजुरी गाउँपालिकाको आदमघाट नजिक माइक्रोबस दुर्घटना हुँदा १२ यात्रु घाइते भएका छन् ।
काठमाडौ बाट पोखरा जाँदै गरेको बा -प्रदेश -०१- ००६ – ख – ७२२१नम्बरको बाइक्रोबस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको आदमघाट नजिकै सडकमा नै पल्टिएको हो ।

दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाईतेहरूलाई उपचारकाे लागि काठमाडौं पटाइएको छ भने अन्य सामान्य घाइते ७ जनाकाे स्थानीय स्वास्थ्य सस्थामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

पानी परिरहेको बेला माइक्रो अनियन्त्रित भई सडकमा नै पल्टिएको हाे ।