कांग्रेसको अवस्था सुधार्न शेखर कोइरालाको सक्रियता


काठमाडौ ।

नेपाली कांग्रेसका नेता डा . शेखर कोइराला ले देशको समसामयिक राजनीतिक अवस्था तथा पार्टीको पछिल्लो स्थितिबारे विभिन्न बुद्धिजीवीहरूसँग छलफल गर्नुभएको छ।

बिशालनगरस्थित आफ्नै सम्पर्क कार्यालयमा आयोजित उक्त छलफलमा पुरुषोत्तम दाहाल, किशोर नेपाल, डा.दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, डा बिनिता कार्की, जगदिश दाहाल, कुलचन्द्र वाग्ले, पुरञ्जन आचार्य, बिष्णु बुढाथोकी, डा. उद्धव प्याकुरेल तथा जेनजी युवाहरु अभिजित अधिकारी र करिना पुरी लगायत सहभागी थिए।

दिउँसो १ बजेदेखि ४ बजेसम्म चलेको छलफलमा डा शशांक कोइराला, सुजाता कोइराला, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, डा मिनेन्द्र रिजाल र डा.गोविन्दराज पोख्रेलको पनि उपस्थिति रहेको थियो।

छलफलमा देशको वर्तमान राजनीतिक अवस्था, कांग्रेस पार्टीको संगठनात्मक स्थिति तथा आगामी रणनीतिबारे विचार आदानप्रदान गरिएको बताइएको छ।