निजि मिडियालाई कमजोर पारी आफनो फेबरमा ल्याउने प्रयासमा सरकार

3.01k
Shares

काठमाडौं ।

प्रधानमन्त्री बालेन शाहा गलत निर्णय गदै एक पछि अर्को सरकारका गल्ती गतिबिधि रोकन वा ढाकछोप गर्न लागि परेका छन् ।

पछिल्लो समय सरकारले निजि सन्चार माध्यमलाई सरकारको काम कारबाही को सुचना जनता सामु बाहिर ल्याएको थियो तर सरकारका प्रधानमन्त्री बालेन शाहालाई मन परेको थिएन र सरकारी सूचना तथा विज्ञापन केवल सरकारी सञ्चार माध्यमबाट मात्र प्रकाशन गर्न निर्देशन दिइएको थियो ।

एक स्रोत भन्यो सूचना प्रवाहमा असन्तुलन आउने खतरा रहेको छ । नेपालमा निजी क्षेत्रबाट सञ्चालित सञ्चार माध्यमहरूले लोकतन्त्र स्थापना, सुदृढीकरण र जनचेतना विस्तारमा महत्वपूर्ण भूमिका खेलेका छन् । जनताको आवाज बोल्ने, सरकारलाई जवाफदेही बनाउने र समाजका विकृति उजागर गर्ने काममा मिडियाले ऐतिहासिक योगदान दिएका छन् ।

विशेषज्ञहरूका अनुसार सरकारी मिडियामात्र पर्याप्त नहुने स्पष्ट छ । देशभरका दुर्गम क्षेत्रसम्म सूचना प्रवाह गर्न निजी सञ्चार माध्यम अपरिहार्य छन् ।

यदि, निजी मिडियालाई कमजोर पारियो भने नागरिकको सूचनाको हक नै प्रभावित हुने खतरा रहन्छ । संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको अधिकार यस्तो निर्णयबाट कमजोर हुन सक्ने चिन्ता व्यक्त गरिएको छ ।

अहिले प्रधानमन्त्री बालेन शाहाले निजी मिडियाको घाँटी निमोठ्ने र आफू फेबर बनाउन लागि परेका छन् । प्रेस स्वतन्त्रताको भविष्य, सूचनामा नागरिकको पहुँच र लोकतन्त्रको आधारसँग जोडिएको गम्भीर प्रश्न बनेको छ ।