काठमाडौं ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ स्थित पूर्वपश्चिम लोकमार्गमा शनिबार दिउँसो बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
दुर्घटनामा महोत्तरीको पिपरा गाउँपालिका–७ निवासी २१ वर्षीय अतुल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
मोटरसाइकलमा पछाडि सवार जलेश्वर नगरपालिका–१ की २३ वर्षीया राघनी कुमारी महत्तो गम्भीर घाइते भएकी छन्। उनको जनकपुरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।
चितवनबाट गाईघाटतर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो। घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।











प्रतिक्रिया