काठमाडौँ ।
काठमाडौँको जडिबुटीस्थित सुकुम्वासी बस्तीमा रिपोर्टिङका लागि पुगेका अनलाइनखबरका क्यामराम्यान कमल प्रसाईंमाथि स्थानीयले कुटपिट गरेका छन्। डोजर चलिरहेको क्रममा विरोधमा उत्रिएका बस्तीवासीहरूले ढुंगामुढा गरिरहेका बेला उक्त दृश्य खिच्दै गर्दा उनीमाथि आक्रमण भएको हो।
कुटपिटका क्रममा प्रसाईंको नाकमा गम्भीर चोट लागेको छ भने स्थानीयले उनको क्यामराको मेमोरी कार्डसमेत खोसेका छन्। घटनापछि सशस्त्र प्रहरी बल (एपिएफ) र नेपाल प्रहरीको सहयोगमा उनी सुरक्षित रूपमा बस्तीबाट बाहिर निकालिएका छन्।











प्रतिक्रिया