पाल्पामा पौडी खेल्ने क्रममा एक जनाको डुबेर मृत्यु


काठमाडौं ।

पाल्पाको रामपुर नगरपालिका–३ कीर्तिपुरस्थित निस्दी खोलामा पौडी खेल्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा रामपुर नगरपालिका–१ बैदा निवासी ३९ वर्षीय खिम बहादुर खाण्ड रहेका छन्।

शनिबार दिउँसो पौडी खेल्ने क्रममा खोलामा डुबेर उनको मृत्यु भएको हो। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो।

प्रहरीका अनुसार घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको छ।