काठमाडौँ
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना प्रस्तावकलाई आवश्यक पर्ने मेडिकल जाँच तथा रिपोर्ट छिटो, छरितो र सहुलियत दरमा उपलब्ध गराउने तथा कर्मचारीहरूलाई स्वास्थ्य उपचार सेवामा छुट प्रदान गर्ने उद्देश्यले २०८३÷०१÷०९ गते ग्राण्डी इन्टरनेशनल हस्पिटलसँग मेडिकल सेवा सम्बन्धी सम्झौता गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र हस्पिटलका चिफ अपरेटिङ अफिसर अमृत खन्नाले लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार बीमा प्रस्तावकहरूले सहुलियत दरमा मेडिकल जाँच सेवा पाउनेछन् भने कर्मचारीहरूले १० प्रतिशत छुटसहित स्वास्थ्य उपचार सेवा उपभोग गर्न सक्नेछन् । यस सहकार्यबाट कम्पनीका सरोकारवालाहरू लाभान्वित हुने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया