काठमाडौं ।
पाठ्यक्रम विकास केन्द्रको कमजोर अनुगमनको कारण बजारमा पाइने अतिरिक्त र इसिडीका पाठ्यपुस्तकको दरमा मनोमानी देखिएको छ । अर्थात् सबले कालाबजारी गरिरहेका छन् ।स्वीकृत दिने निकाय रमितेबन्दा पुस्तकको दर आकासिएको छ । सरकारलाई पाठ्यपुस्तकमा भएको वेतिथिको बारेमा जानकारी गराउँदा खासै अनुगमन हुन सकेको छैन ।
स्वीकृत वेगरका पाठ्यपुस्तक धमाधम बिक्री भइरहेको छ भने स्वीकृत मूल्यभन्दा झन्डै ६० प्रतिशत रकम बढी राखेर बेचबिखन भैरकेको छ । पाठ्यपुस्तकमा कालोबजारी भइरहेको विषयमा सम्बन्धित निकायलाई जानकारी हुँदा पनि चुप लागेर बसेको अवस्था छ ।
पाठ्यक्रम विकास केन्द्रसँग स्वीकृति नलिएका प्रकाशकले पाठ्यक्रम विकास केन्द्रले तोकेभन्दा झन्डै सत्प्रतिशत बढी मूल्य राखेर पाठ्यपुस्तक बिक्री गरिरहेका छन् । केही प्रकाशकले मनोमानी मूल्य राखेर खुलायाम पाठ्यपुस्तक बिक्री गर्दा कारबाही गर्ने निकाय मौन छ । ती बिक्रेताको कारण मापदण्ड अनुसार मूल्य राखेर बिक्री गर्ने प्रकाशक पलायन हुनुपर्ने अवस्था छ । पाठ्यक्रम विकास केन्द्रले मुख्य विषयकामात्र छपाई स्वीकृति दिने गरेको छ । अतिरिक्तको लागि छपाई स्वीकृति लिनुपर्ने व्यवस्था छैन तर शुल्क मापदण्ड लागू हुन्छ ।
केन्द्रले स्वीकृत नदिएपनि शुल्क अनुगमन गर्न सकेको छैन । नर्सरी एलकेजी,युकेजी कक्षामा बच्चालाई पढाउनै नपर्ने पुस्तकको मूल्य छोइनसक्नु छ । नाम चलेका निजी प्रकाशकले समेत कालोबजारी गरेको फेला परेको छ ।
निमा पुस्तक प्रकाशनले अंग्रेजी ग्रामर र कम्प्युटर विषयमा आफूखुसी मूल्य राखेर बिक्री गरिरहेको छ । न्युज अफ नेपाललाई प्राप्त कक्षा ७ को २ सय ६२ पेज पुस्तकको मूल्य ४८० रुपियाँ उल्लेख छ । पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको सो पुस्तकको मूल्य ३८० पर्छ । तर निमाले ४८० रुपियाँ राखेको छ ।
यो विषय केन्द्रलाई जानकारी भएपनि कारबाही गर्न सकेको छैन । अनुगमन गर्ने जिम्मा शिक्षा तथा मानवस्रोत विकास केन्द्रको हो । तर गुणस्तर र दररेट सहित स्वीकृत दिने जिम्मा पाठ्यक्रम विकास केन्द्रको हो । स्वीकृत दिएको पाठ्यपुस्तकको अवस्था कस्तो छ । बढी रेटमा बेचेको छ कि छैन लगायत विषयमा अनुगमन गर्न सकेको छैन । अहिले त पाठ्यक्रम विकास केन्द्रको काम स्वीकृत दिनेमात्र भएको छ । बजारमा ब्यापक कालोबजारी हुँदासम्म खासै अनुगमन छैन ।
स्वीकृत दिएका अनिवार्य र अतिरिक्त सबै प्रकाशकको पुस्तक केन्द्रमा झिकाएर अनुगमन गर्ने अधिकार केन्द्रलाई छ । तर गर्न सकेको छैन । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विद्यालयमा अनुगमन गरी स्वीकृत नलिएका पुस्तक नपढाउन निर्देशन दिन सक्छ । तर आट गर्न सकेको छैन ।
कक्षा सञ्चालन हुनै लाग्दा अभिभावकको ढाड सेकिनेगरी पुस्तकको मूल्य बढाउँदा नियामक निकाय चुप लागेको छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले अनुगमन भइरहेको जानकारी दिए । भने–धमाधम अनुगमन भइरहेको छ । गलत भेटे कारबाही गर्नेछौ ।
उहाँले भनेजस्तै अनुगमन भएपनि कारबाही हुन सकेको छैन । उच्चस्रोतका अनुसार केन्द्रलाई यस विषयमा सबै जानकारी छ । तर कारबाही गर्ने आट गरेको छैन । बजारमा बिक्री भएका इसिडिका पुस्तकको दर छोइनसक्नु छ । विद्यालयलाई बढी कमिसन दिने चक्करमा प्रकाशकहरुले दर बढाबढ गर्ने गरेका छन् ।
केन्द्रले तोकेको सानो पुस्तकको दर प्रतिपेज १ रुपियाँ ४५ र एफोर साईजको १ रुपियाँ ५० पैसा हो । तर नर्सरी एलकेजी, युकेजी र केही ठुला प्रकाशकले मुल विषयबाहेक अतिरिक्तमा मनपरी शुल्क राखेर कालोबजारी गरेको फेला परेको छ । अनुगमनको क्रममा नर्सरीदेखि युकेजीको पुस्तक प्रकाशन गर्ने जेबीडि,लिट्टलबर्ड,ओ.आइ पब्लिेकेशनले बिक्री गरेको पुस्तकको मूल्य अत्याधिक छ । अर्थात् अभिभावक ठग्नकै लागि पुस्तक प्रकाशन गरेको जस्तो देखिन्छ ।
जेबिडि पब्लिकेशनले प्रकाशन गरेको युकेजीको १२० पेजको लर्निङ किटको ३२५ मूल्य राखेको छ । मापदण्ड अनुसार उक्त पुस्तकको मूल्य १८० रुपियाँ पर्छ। यो प्रकाशनले प्रकाशित गरेको इसिडिको सबै तहको पुस्तकको मूल्य झन्डै ८० प्रतिशत बढी छ । त्यस्तै २६४ रुपिा पर्ने पुस्तकको मूल्य ४५० ,२२८ रुपियाँ पर्ने पुस्तकको ४००, १५५ पर्ने पुस्तकको मूल्य ३२५ उल्लेख गरेको छ ।
त्यस्तै ओआइ पब्लिकेशनले पनि सोही आधारमा मूल्य राखेको छ ।
१४० पेजको २ लेभल २ अर्लि सोसल साईन्सको मूल्य ४०५, सोही १४४ पेजको ४१५ रुपियाँ राखेको छ । १४० पेजको मूल्य २१० रुपियामात्र पर्छ । केन्द्रले सानाकक्षाको स्वीकृत दिने व्यवस्था नभएपनि शुल्क मापदण्ड यथावत रहेको जिकीर गरेको छ । इसिडिका अधिकांस पुस्तक बिक्रेताले बढी मूल्य कायम गरी सरासर ठगी गरिरहेका छन् । यस्ता प्रकाशकको कारण सबै प्रकाशकले कालाबजारी गरेको जस्तो देखिएको छ ।
एक पुस्तक प्रकाशकले भने–केही प्रकाशकको मनपरी मूल्यको कारण देशैभर समस्या परेको छ । हामीले त शुल्क अनुगमन गर्ने विषयमा हरेक पटक मन्त्रालयलाई झक्झकाउछौ तैपनि सुनेको छैन–एक प्रकाशकले न्युज अफ नेपालसँग भने ।
यस विषयमा कारबाही गर्न माग गर्दै शिक्षा सचिव,पाठ्यक्रम विकास केन्द्र र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक समक्ष कुरा राखेका थियौ सुनुवाइ भएन–नाम नलेखिदिन आग्रह ती प्रकाशकले भने ।
वास्तबमा इसिडिका ६ वर्ष मुनी उमेर समूहका बच्चालाई खेलाउँदै पढाउदै गर्ने हो । किताब बोक्नै पाईदैन । तैपनि अधिकांस इसिडी कक्षा सञ्चालन गर्नेले कमाऊ धन्दा गर्दै जबरजस्ती पाठ्यपुस्तब भिडाउने गरेको अभिभावक संघ नेपालका पूर्वअध्यक्ष सुप्रभात भण्डारीको भनाई छ ।











प्रतिक्रिया