नवलपरासी।
स्थानीय खाेलामा माछा मार्दै गरेका २ युवा बारुद विस्फोटबाट आइतबार घाइते भकाएछन् । घाइते मध्ये १ को अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले दिएकाे जानकारी अनुसार घाइते हुनेमा पाल्पा निस्दी ५ का ३८ वर्षीय खुम बहादुर सुनारी र सोही ठाउँका ३५ वर्षका राेमन सिंह खरू मगर रहेका छन् ।
घाइते मध्ये काेखा,दाहिने हात र खुट्टामा गंभीर चाेट लागेका सुनारीकाे अवस्था अचेत रहेकाे बताईएकाे छ ।
पूर्वी नवलपरासीकाे मध्यविन्दु १४ राईकाेटे स्थित अरूणखाेला किनारमा बारुद जन्य पदार्थ प्रयाेग गरी माछा मार्ने क्रममा बिष्फाेट भएर युवाहरू घाइते भएको प्रहरीले जनाएकाे हाे ।घाइते युवाहरूलाई उपचारार्थ पाल्पाकाे रामपुर अस्पताल तर्फ पठाईएकाे बुझिएकाे छ ।
दिउँसो पाैने पाँच बजे भएको बिष्फाेटबारे जानकारी हुना साथ राईकाेटे पुगेको प्रहरीले घटनाबारे अनुसन्धान भई रहेकाे जनाएकाे छ ।
असला,बुदुना लगायत रैथाने जातका माछा पाईने अरूणखाेलाकाे राईकाेटे, मुखिया ढुङ्गा,बतास क्षेत्र पाल्पा र नवलपरासी पूर्वको सिमानामा पर्दछ ।











प्रतिक्रिया