काठमाडौँ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको स्वतन्त्र सञ्चालकमा जनक शर्मा पौडेललाई नियुक्त गरिएको छ । बैंकको चैत १८ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई २०८२ चैत १९ (२ अप्रिल २०२६) देखि लागू हुने गरी नियुक्त गर्ने निर्णय गरेको हो। उनले यसअघिका स्वतन्त्र सञ्चालक सिद्धार्थ राज पाण्डेको स्थान लिएका छन् ।
बैंकिङ क्षेत्रमा लामो अनुभव सँगालेका पौडेलले नेपालका दुई ‘क’ वर्ग वाणिज्य बैंक ग्लोबल आइएमई बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको रूपमा सफलतापूर्वक जिम्मेवारी सम्हालेका छन् । लन्डन स्कुल अफ कमर्स, बेलायतबाट एमबीए गरेका पौडेलको आगमनले बैंकको कार्यक्षमता र संस्थागत सुशासनमा थप सहयोग पुग्ने विश्वास गरिएको छ ।
नेपालमा सञ्चालित एकमात्र अन्तर्राष्ट्रिय बैंक स्ट्यान्डर्ड चार्टर्डले लगातार पाँचौँ पटक इक्रा नेपालबाट ‘ट्रिपल ए’ रेटिङ प्राप्त गर्दै आफूलाई सबैभन्दा सुरक्षित बैंकको रूपमा प्रमाणित गर्दै आएको छ ।











प्रतिक्रिया