सरकारले शान्तिपूर्ण र मैत्रीपूर्ण अन्तरराष्ट्रिय सम्बन्धमा जोड


काठमाडौं ।

काठमाडौंमा परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको अन्तरराष्ट्रिय सम्बन्ध असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक सम्मानमा आधारित बनाउन सरकार क्रियाशील रहेको जानकारी दिनुभएको छ।

सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा उहाँले सबै राष्ट्रसँग मैत्रीपूर्ण, सन्तुलित र शान्तिपूर्ण सम्बन्ध कायम गर्ने वर्तमान सरकारको नीति प्रस्तुत गर्नुभयो।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख ईश्वर कार्कीले अपराधमुक्त समाज निर्माणका लागि समुदायसँग मिलेर प्रहरी काम गरिरहेको बताउनुभयो।

टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले टोखाको खानेपानी समस्या समाधानका लागि सरकारबाट सहयोगको आवश्यकता रहेको जानकारी दिनुभयो।

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीकी नेत्री कल्पना शर्माले जनताको इच्छा पूरा गर्न सरकार तत्पर हुनुपर्ने सुझाव दिनुभयो।