काठमाडौ ।
काठमाडौंमा ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि कडाइ थालेको छ। विशेषगरी ट्राफिक लाइटको पालना नगर्ने चालकहरूलाई नियन्त्रणमा लिएर कारबाही सुरु गरिएको छ।
शनिबार बबरमहल क्षेत्रमा ट्राफिक लाइट उल्लंघन गर्ने सवारीलाई बिजुलीबजारमा समातेर कारबाही गरिएको प्रहरीले जनाएको छ। रातो बत्तीमा नरोकिने प्रवृत्तिका कारण दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै यस्तो अभियान सञ्चालन गरिएको हो।
यस कदमप्रति सर्वसाधारणबीच मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले ट्राफिक प्रहरीको कदमको प्रशंसा गरेका छन् भने केहीले अनावश्यक दुःख दिएको गुनासो गरेका छन्। यद्यपि, ट्राफिक नियमको पालना सबैले गर्नुपर्नेमा जोड दिइएको छ।











प्रतिक्रिया