महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालका पिता केदारनाथ दाहालको निधन


काठमाडौं ।

सिन्धुपाल्चोक जिल्लाको शिखरपुर–बगुवा गाउँ निवासी नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष नेपाल प्रेस युनियनका सल्लाहकार तारानाथ दाहालका पिता केदारनाथ दाहालको ९५ वर्ष उमेरमा निधन भएको छ। उहाँले हिजो साँझ शान्तिपूर्वक देहत्याग गर्नुभएको परिवारले जनाएको छ।

जीवनभर देश, समाज र परिवारप्रति समर्पित रहनुभएका स्व. दाहालले आफ्ना सन्तानलाई राजनीतिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा सक्रिय रहँदै समाजसेवामा लाग्न प्रेरणा दिनुभएको थियो। उहाँको निधनले परिवारमा ठूलो शोक परेको छ।

परिवारजनले उहाँको आत्माको चिरशान्तिको कामना गर्दै उहाँको आदर्श र नामलाई निरन्तर सत्कर्ममार्फत जीवित राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।