काठमाडौँ ।
प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो नेतृत्वमा प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा सन्तोष व्यक्त गरेकी छन्। मुलुकको विषम परिस्थितिमा सरकारको मुख्य जिम्मेवारी निर्वाचन गराउनु रहेको र सो कार्य समयमै सफलतापूर्वक पूरा भएको उनले बताइन्।
प्रधानमन्त्री कार्कीले निर्वाचन सफल बनाउन निर्वाचन आयोग, सुरक्षा निकाय तथा आम नागरिकको महत्वपूर्ण योगदान रहेको उल्लेख गरिन्। उनले सरकारको कार्यकालमा मितव्ययिता अपनाइएको, सुशासन कायम गर्न प्रयास गरिएको र भ्रष्टाचार नियन्त्रणका लागि कदम चालिएको पनि बताइन्।
आगामी सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी सिर्जनालाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिँदै अब आफू पुनः निजी जीवनमा फर्किने बताइन्।












प्रतिक्रिया