काठमाडौं ।
स्विट्जरल्यान्डका गुग्लिएल्मो एरेना नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको लागि मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । एरेनाको पहिलो जिम्मेवारी चैत १३ गते (मार्च २६) हुने अन्तर्राष्ट्रिय खेल हुनेछ । नेपालले दशरथ रंगशालामा हङकङ (चीन) सँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
एरेनाले यसअघि विभिन्न देशका क्लब टोलीहरू सम्हालेका छन् । सन् २०११ मा उनले सिंगापुरको क्लब एतोइल एफसीको प्रशिक्षकका रूपमा काम गरेका थिए । त्यसपछि २०१२ मा अल्जेरियाको क्लब सिआर बेलौइजदादको प्रशिक्षक
२०१८ मा जाम्बियाको बिल्डकन एफसीको प्रशिक्षक बनेका एरेनाले त्यसपछि स्विट्जरल्याण्डको एफसी कोन्ते पनि सम्हालेका थिए ।
सन् २०२० मा उनले मोरक्कोको क्लब आरसी ओउएद जेमको प्रशिक्षकका रूपमा काम गरेका थिए । पछिल्लो पटक २०२३ मा उनले लाओसको यु २३ को कार्यवाहक प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका थिए ।












प्रतिक्रिया