काठमाडौँ ।
हिजो रातिको वर्षाका कारण वीपी राजमार्गका चारसय बेसी र कटुन्जे क्षेत्रमा डाइभर्सन बग्दा सडक अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार दुई स्थानमा यातायात पूर्ण रूपमा ठप्प बनेको छ।
हाल मेशिन प्रयोग गरेर अवरोध हटाउने काम भइरहेको छ र एकदेखि डेढ घण्टाभित्र सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको उनले जानकारी दिए। उनका अनुसार ढिलोमा बिहान १० बजेसम्म यातायात सुचारु हुने अपेक्षा गरिएको छ।
सडक अवरुद्ध भएपछि बिहानैदेखि सवारी साधन र यात्रुहरू बाटोमै रोकिएका छन्।











प्रतिक्रिया