काठमाडौं ।
नेपाल सरकारले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्ने तयारी थालेको छ। हालसम्म परराष्ट्र मन्त्रालयका अधिकारी तथा राजनीतिक सिफारिसका आधारमा हुने नियुक्ति प्रणालीलाई परिवर्तन गर्दै सरकारले नयाँ अभ्यास सुरु गर्न लागेको हो।
परराष्ट्र मन्त्री शिशिर खनालको सचिवालयका अनुसार निश्चित संख्यामा विज्ञापन आह्वान गरी प्रतिस्पर्धाबाट योग्य व्यक्तिलाई राजदूत बनाइनेछ। मन्त्री खनालले हालै मन्त्रालयमा भएको बैठकमा पनि यसबारे जानकारी गराएका थिए र प्रधानमन्त्रीको सहमति समेत लिइसकेको बताइएको छ।
स्रोतका अनुसार आगामी हप्तादेखि खुला दरखास्त आह्वान हुनसक्ने सम्भावना छ। हाल नेपालका ४४ विदेशस्थित नियोगमध्ये १७ राजदूत पद रिक्त छन् भने आगामी जुलाईसम्म थप ६ पद खाली हुनेछन्। त्यसपछि सरकारले एकैपटक ठूलो संख्यामा राजदूत नियुक्त गर्ने अवसर पाउनेछ।











प्रतिक्रिया