आगामी चैत्र २७ रिलिजमा आउने फिल्म राम नाम सत्यः पर्दाभित्रको पर्दाको टिजर सार्वजनिक गरिएको छ। टिजर एक्सन, सस्पेन्स, प्रेम र थ्रिलले भरिएको छ।
फिल्मको टिजरमा नायक विराज भट्टको यसअघि नदेखिएको एक्सन अवतार देखाइको छ। माइकल चन्दको निर्देशनमा बनेको फिल्ममा विराजका साथमा सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंह ठकुरी, सुनिल थापा, प्रशान्त ताम्राकार, खुसी कार्कीलगायतका कलाकारले अभिनय गरेका छन्।
टिजरमा यी सबै कलाकारलाई समेटिएको छ। माइकल इन्टरटेन्मेन्टको व्यानरमा उपेन्द्र शाही र स्वेता बिमलीद्वारा निर्मित फिल्ममा माइकल चन्दकै कथा र पटकथा, अभिमन्यू निरवी र समय थपलियाको स्क्रिप्ट सल्लाह, बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवा अन्सारीको संगीत, सियोन श्रेष्ठको कोरियोग्राफी, काला चरणको पाश्र्व संगीत, श्री श्रेष्ठको एक्सन, मानकृष्ण महर्जनको डीओपी र बन्दे प्रसादको सम्पादन रहेको छ।
किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता, मोती कार्की क्रियटिभ निर्माता र राजेन्द्र आचार्य लाइन प्रोड्यूसर रहेको फिल्ममा समावेश धागोले बाटेको बोलको गीतले गीतले युट्युब र सामाजिक संजालमा हंगामा मच्चाइरहेको छ। निर्वाचनको समयमा सिंगो देशको ध्यान नै मतदान र मतपरिणाममा तानिएको समयमा पनि यो गीतले २ साता नबित्दै युट्युबमा २१ लाख बढी भ्यूज पाएको छ। गीतमा लाखभन्दा बढी टिकटक बनेका छन्।
यो गीतमा बाबुल गिरी र रचना रिमालको स्वर, डा. डीआर उपाध्यायको शब्द, बाबुल गिरीको संगीत छ। रोमान्टिक शैलीको गीतमा फिल्मका मुख्य नायक विराज भट्ट र नायिका सुपुष्पा भट्टलाई फिचरिङ गरिएको छ।












प्रतिक्रिया