बाजुरा।
गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाली नागरिकलाई राजनीतिक अधिकारको प्रत्याभूति गराउन स्वतन्त्र निष्पक्ष भयरहित निर्वाचन गराउने बचन दिएका छन् । फागुन २१मा हुने प्रनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा जिल्लाको सुरक्षा स्थिति बुझ्न आइतबार अप्रान्ह बाजुरा पुगेका गृहमन्त्री अयोल लगायत सुरक्षा निकायको उच्च पदस्थ अधिकारीका साथ सर्ब पक्षीय बैठकमा उक्त अभिव्यक्ति दिएका हुन ।
विगतका निर्वाचनमा बाजुरामा धाँधली भएको र ब्यक्तीको ज्यान जाने घटना भई मुद्दा सर्वोच्च अदालत सम्म पुगेको छ । यस्ता अवस्था अव कही नआवस् भनेर बाजुरालाई सुरक्षाको दृष्टीले उच्च सतर्कता साथ हेरेको बताए । यो नागरिक सरकार हो । सरकारको संयन्त्र कुनै पक्षधर लिने छैन । हाम्रो म्यान्डेट नै निष्पक्ष निर्वाचन गराउने हो । हामी यसमा प्रतिबद्ध छौ गृह मन्त्री अर्यालले भने ।
तपाईँहरू ढुक्क हुनुहोस् बाजुरामा निष्पक्ष, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउँछौं । अरुको राजनीतिक अधिकार खोस्न दिइदैैन । मतदाता स्वयंले मात्र मतदान गर्न पाउनेछन् । कही कतै धाँधली भएको खण्डमा ठाउँको ठाउँ निर्वाचन रद्द गरिनेछ । अरुको राजनितीक अधिकार खोस्नेलाई कानुन कार्यान्वयन गरिनेछ । धाँधली गर्ने गराउने लाई फौजदारी मुद्दा लाग्ने छ । निर्वाचनमा जवरजस्त गरेको पायएमा निर्वाचन सम्बन्धी कसुरले त्यो व्यक्ति अयोग्य नै हुनेछ । मैले गृह सचिव देखि प्रहरी महानिरीक्षकहरू लाई सँगै लिएर आएको छु , मातहतको संयन्त्रलाई त्यही निर्देशन दिएको छ। गृहमन्त्री अर्यालले भने ।
जिल्ला प्रशासन कार्यालय बाजुरामा आयोजित सर्वदलीय सर्व पक्षीय बैठकमा नेकपा एमालेका पूर्व पोलिटब्युरो सदस्य एबं पर्व उद्योग मन्त्री कर्णबहादुर थापाले विगत २०४८ साल यताका प्राय निर्वाचनमा धाँधली हुने गरेको स्मरण गर्नु हुँदै अवका दिनमा जिल्लाको राजनीतिक संयन्त्रबाट यस्ता कमीकम्जोरी नदोहरिने । गतसाल स्वामिकार्तिक खापर गाउँपािलकाको उपाध्यक्ष पदका लागि भएको उपनिवार्चन नमुना निर्वाच भए जस्तै आगामी निर्वाचन पनि निष्पक्ष हुने विस्वास दिलाए । निर्धक्करुपमा आफ्नो मताधिकारको प्रयोग स्वयंले गर्न पाउने छ। यो जिल्लामा अर्काको मताधिकार खोसेर बुंथ कब्जा गर्ने घटनाहरु अब २०८२ सालको निर्वाचन देखि दोहरिने छैनन् ।
बाजुरा जिल्लामा मतदानमा धाँधली हुन्छ भन्ने प्रचार गरे जस्तो अवका निर्वाचन हुंदैनन् । आगमी निर्वाचन देखि योग्यता पुगेका मतदात स्वंयले मात्र मतदान गर्न पाउनेछ्न् । यसमा जिल्ला स्थित राजनीतिक दलले आफ्ना उम्मेदवारको उपस्थितिमा आठ बुंदे सहमती गरिसकेका छौं । हामी अक्षरसः पालना गर्छौं । यहाँ अनुपस्थित मतदाताको मतदान गर्ने चलन छ यो पूर्णरुपमा रोकियोस् नेता थापाले भने। विगतका कमीकमजोरी विर्सिदै हामी अव पूर्णरुपमा सचिन्छौं बाजुराको निर्वाचन नमुना निर्वाचन भयो भन्ने सन्देश दिन चाहान्छौं ।यसको सरकारी संयन्त्रको भरपुर सहयो रहनुपर्छ नेता थापाको उक्ती थियो ।
निर्वाचनको पूर्व सन्ध्यामा निष्पक्ष धाँधलीरहित निर्वाचन गराउन नेपाली काँग्रेस पार्टी प्रतिबद्ध छ । विगतमा धेरै कमीकमजोरी भए ।आरोप प्रत्याप भए । मान्छे मरे । अनावस्यक दुःख पाएका घटना बारे नेपाली काँग्रेस जिल्ला कार्यसमिति सभापति रासिंह रावलले गृहमन्त्री अर्याललाई सुनाए । अवका निर्वाचन निष्पक्ष धाधलीरहित गराउन उच्च सुरक्षा सतर्कता अपनाउन सभापति रावलले सुझाए ।
निर्वाचनको पूर्व सन्ध्यामा जिल्लाको शान्ति सुरक्षा अब्बल रहेको, सुरक्षा समस्या नरहेको र यहाँ पार्टी अन्तरपार्टी वीच अन्तरद्वन्द्व पनि नदेखिएकोले २०८२को निर्वाचन बाजुरामा स्वच्छ निष्पक्ष धाँधलीरहित हुने विस्वास प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले गृहमन्त्री गृह सचिव र आर्ईजिपी द्वोय लाई जिल्लाको वस्तुस्थिति बारे जानकारी गराएका हुन् । बाजुराका ७७ ओटा मतदानस्थल ११८ मतदानकेन्द्र रहेको र जिलको सुरक्षा केन्द्रिय सुरक्षा योजना अनुसार तैनाथ रहेको प्रजिअ निरौलाले जानकारी गराए ।
जिल्ला प्रशासन कार्यालय बाजुराको सभाकक्षमा प्रमुख जिल्ला अधिकारी निरौलाको अध्यक्षतामा आयोजित बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राजनीतिक दलका प्रमुख उबंं प्रतिनिधिहरू, चार वटै सुरक्षा निकायका प्रमुख लगायतका उपस्थिति थियो ।











प्रतिक्रिया