काठमाडौं ।
निर्वाचन आयोगले देशभरका सबै निर्वाचन क्षेत्रमा मतपत्रसहित अन्य निर्वाचन सामग्री ढुवानी सकेको छ । अहिले केहीबेरअघि काठमाडौँ र भक्तपुरको मतपत्र पु¥याएसंगै सबै जिल्लाको मतदान केन्द्रमा मतपत्र ढुवानी सकेको हो । जनकशिक्षा सामाग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले आज बिहानसम्म सबै जिल्लाका मतदान केन्द्रमा मतपत्र ढुवानी सकिएको जानकारी गराए ।
उनले भने–काठमाडौं र भक्तपुरका मतदानकेन्द्रमा मतपत्र लगायत सामाग्री ढुवानी बाँकी थियो पठाइसक्यौ । केन्द्रले ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि २ करोड ३ लाख २३ हजार मतपत्र छपाई गरेको थियो । आयोगले गत माघ २९ गतेदेखि कर्णाली प्रदेशबाट मतपत्र ढुवानी सुरु गरेको थियो ।
त्यसपछि आयोगले सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा नियमित रूपमा मतपत्र ढुवानी गरेको थियो । प्रबन्ध सञ्चालक पौडेलले शुरुमा दुर्गमबाट शुरु गरेर अन्तिममा काठमाडौँको मतदान केन्द्रमा ढुवानी गरेको जानकारी दिए ।
निर्वाचनका लागि विभिन्न ५१ प्रकारका सामग्री आवश्यक पर्ने जनाइएको छ । मतपत्र छपाइतर्फ आयोगले तोकेको क्यालेण्डर अनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा गत पुस २२ गतेबाट मतदाता शिक्षा प्रयोजनका लागि छपाइ सुरु भएको थियो ।
आयोगले १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरेको थियो । यस्तै गत पुस २६ गतेबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी फागुन १३ गते सबै काम सम्पन्न गरेको छ । समानुपातिकतर्फ दुई करोड ८ लाख ३० हजार समानुपातिक मतपत्र छपाइ गरेको थियो । आयोगले हालसम्म मतदाता शिक्षा कार्यक्रम शुरु गरिरहेको छ । भने केन्द्रमा खटिने कर्मचारीलाई तालिम जारी राखेको छ ।











प्रतिक्रिया