पश्चिमी वायुको प्रभाव: पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना


काठमाडौँ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग ले जनाएको छ। यसको प्रभावले कर्णालीसहित उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिएको छ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारण बदली रहनेछ। यी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

आज राति तराईका थोरै स्थानमा तुवाँलो लाग्नेछ भने अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।