काठमाडौं ।
काठमाडौं क्षेत्र नम्बर–९ का मतदाताहरुले फागुन २१ को निर्वाचनमा कस्लाई रोज्ने भन्नेमा झन्डै निर्णय गरेको पाइएको छ। यस क्षेत्रअन्तर्गत काठमाडौं महानगरपालिका वडा नम्बर–१२, १४, २१ र २२, नागार्जुन नगरपालिकाका ६–१० नम्बर वडा, तथा चन्द्रागिरि नगरपालिकाका १, १२–१५ नम्बर वडा पर्दछन्।
यस पटक यहाँ १८ दलीय र ६ स्वतन्त्र गरी कुल २४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। मुख्य प्रतिस्पर्धी दलहरु नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार हुन्। सर्वेक्षण अनुसार मतदाताको झुकाव एमालेतर्फ बढी रहेको देखिएको छ।
एमालेले शालीन, बौद्धिक, विनयशील, सम्पदाप्रेमी र विकासप्रेमी डाक्टर अजयक्रान्ति शाक्यलाई उम्मेदवार बनाउँदा मतदातामा सकारात्मक प्रभाव परेको पाइएको छ। मतदाताहरुले शाक्यको सांस्कृतिक सम्पदा संरक्षण, विकास निर्माण र पर्यटकीय स्थल सुधारलगायतका कामलाई उदाहरणस्वरूप उल्लेख गरेका छन्।
‘काठमाडौं क्षेत्र नम्बर–९ का मतदाताहरुले पुराना पार्टीको अनुभव र शाक्यको विकास योगदानका कारण एमालेतर्फ बढी झुकाव देखाएका छन्,’ एक मतदाताले भने। शाक्यले यस क्षेत्रमा श्वेत भैरव फल्चा, टेबहाल नास देवः मन्दिर, मिन्डोल लिंग, बल्खु गुम्बा, ब्रम्हटोल इनार र अन्य ऐतिहासिक संरचना पुनःनिर्माणमा उल्लेख्य योगदान पुर्याउनु भएको थियो।
यस क्षेत्रका केही मतदाताहरु नयाँ दल र उम्मेदवारतर्फ आकर्षित भए पनि अधिकांश मतदाता एमालेतर्फ स्थिर देखिएका छन्। कांग्रेस र रास्वपाका उम्मेदवारतर्फ खुलेर समर्थन गर्ने मतदाता कम पाइएका छन्। युवा, जुझारू र विकासप्रेमी मतदाताहरु एमालेतर्फ देखिएका छन् भने पटक–पटक पार्टी परिवर्तन गर्ने अस्थिर मतदाता भने रास्वपामा झुकाव राखेका छन्।
७७ हजारभन्दा बढी मतदाताको रहेको यो क्षेत्रको अन्तिम परिणाम फागुन २१ को निर्वाचनपछि मात्र स्पष्ट हुनेछ। एमालेले आफ्ना पुराना र अस्थिर मतदातालाई समेत आकर्षित गर्न सकेमा यहाँ ह्याट्रिक जितको सम्भावना बलियो देखिएको छ।











प्रतिक्रिया