काठमाडौ ।
नेपाली कांग्रेसले आइतबार सातै प्रदेशका सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरूसँग छलफल गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश सरकारलाई थप प्रभावकारी बनाउने विषयमा केन्द्रित हुने जनाइएको छ।
विशेषगरी कांग्रेस नेतृत्वमा रहेका प्रदेश सरकारहरूमा मन्त्रिपरिषद्को आकार घटाउने विषयमा छलफल हुने स्रोतले जनाएको छ। हाल कांग्रेसले मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गरिरहेको छ।
पार्टीभित्र मन्त्रिपरिषद्को संख्या ५ देखि ७ सदस्यसम्म सीमित गर्ने प्रस्तावमा समेत छलफल भइरहेको छ। साथै, उपसभापति विश्वप्रकाश शर्मालाई प्रदेश तथा स्थानीय तहका सरकारको कामलाई प्रभावकारी बनाउन केन्द्रबाट समन्वय गर्ने जिम्मेवारी दिइएको छ।











प्रतिक्रिया