धादिङ ।
धादिङमा साेमाबार बिहान भएको बस दुर्घटनामा १७ जनाको ज्यान गएको छ भने २८ जना घाइते भएका छन्।
पृथ्वी राजमार्गको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसिगौडा स्थित पृथ्वी लोकमार्गमा सोमबार बिहान पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस त्रिशूली नदी किनारमा खसेर दुर्घटनामा परेको हो। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासीले घटनास्थलबाट उद्धार गरेका छन् ।
सडकबाट त्रिसुली नदी किनारमा पल्टेर भएको दुर्घटनामा मृत्यु भएका १७ जनाको शव घटनास्थलमै रहेको छ। याे मध्ये ४ महिला १३ पुरुष छन् । एकजना विदेशी नागरिक छन् ।
घाइते २७ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। १ जनाकाे गाडीकाे फलाम काटेर निकालिँदै गरेकाे जिल्ला प्रहरी प्रमुख एसपी सुमित खड्काले जानकारी दिए ।
मृतक तथा घाइतेको सनाखत कार्य जारी रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।











प्रतिक्रिया