रौतहट ।
रौतहटमा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा आइतबार दुई जनाको मृत्यु भएको छ। दुर्गा भगवती गाउँपालिका–४ स्थित गौर–गंगापिपरा सडकखण्डको झाझपुल नजिकै (करिब ५० मिटर उत्तरतर्फ) बीआर ३०यु १३७१ नम्बरको भारतीय मोटरसाइकल दुर्घटनामा परेको हो।
दुर्घटनामा मोटरसाइकलमा सवार यमुनामाई गाउँपालिका–४, सरुअठा निवासी २४ वर्षीय जितेन्द्र साह र उनकी श्रीमती पुनम देवी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहट ले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक बिष्णु प्रदिप बस्यालका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।











प्रतिक्रिया