काठमाडौं ।
हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने बताइएको छ।
तराईका केही क्षेत्रमा भने आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा तातो दिनको सम्भावना रहेको छ। राति पनि देशका हिमाली र पहाडी क्षेत्रमा बदली कायम रहने र केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।











प्रतिक्रिया