राजनीतिक तनावमा टी २० विश्वकप हुँदैं


काठमाडौं।

राजनीतिक तनावमा शनिबारदेखि पुरुष क्रिकेटको टी २० विश्वकप शुरु हुँदैंछ । भारत र श्रीलंकामा आयोजना हुने यस प्रतियोगितामा २० टोलीले सहभागिता जनाएका छन् । जसमा, बंगलादेश टोलीको बहिर्गमन भइसकेको छ । यसको मुख्य कारण राजनीति तनाव नै थियो ।

जब, बंगलादेश क्रिकेट बोर्डले भारतमा खेल्न असुरक्षित हुने भन्दै खेलहरू श्रीलंकामा सार्न अनुरोध गरेको थियो । तर, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नमानेपछि बंगलादेशले विश्वकप बहिष्कार गर्दै बाहिरियो । आईसीसीले समूह सी मा रहेको बंगलादेशकोे स्थानमा स्कटल्यान्डलाई खेलाउने निर्णय गरेको थियो ।
आईसीसीले बंगलादेशलाई निष्कासन गरेपछि पाकिस्तान क्रिकेट बोर्डले पनि बहिष्कार गर्ने विचार गरेको थियो । तर, पछि बोर्डले विश्वकपमा भाग लिने खेल्ने बतायो । उनीहरूले समूहमा भारतविरुद्धको खेल भने नखेल्ने भनिरहेको छ ।

बंगलादेशले किन बहिष्कार ग¥यो ?

बंगलादेशले भारतसँगको बढ्दो तनावको बीचमा सुरक्षा चिन्ताको कारण देखाउँदै आफ्ना खेलहरू भारतबाट सार्न गर्न आग्रह गरेको थियो । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना हिंसात्मक प्रदर्शनपछि भारतमा शरण लिएपछि यी दुई देशबीचको सम्बन्ध चिसिएको बताएको छ ।

धेरै अनुरोधका बाबजुद भारतीय सरकार शेख हसिनालाई बंगलादेश फिर्ता पठाउन सहमत भएको छैन । बंगलादेशमा अल्पसंख्यक हिन्दू समुदायका सदस्यहरूलाई लक्षित हिंसामा भारत आफैंले चिन्ता व्यक्त गरेको छ ।

यसै राजनीति तनावमा इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली कोलकाता नाइट राइडर्सले जनवरीमा बंगलादेशका बलर मुस्ताफिजुर रहमानलाई अनुबन्धबाट मुक्त गरेको थियो । बीसीसीआईले रहमानलाई निष्कासन गर्न निर्देशन दिएको थियो । यसको जवाफमा, बंगलादेशी अधिकारीहरूले देशमा आईपीएलको प्रसारणमा प्रतिबन्ध लगाए ।

त्यसपछि बंगलादेश क्रिकेट बोर्डले आफ्नो विश्वकप खेलहरू श्रीलंकामा खेलाउन अनुरोध ग¥यो । आईसीसीले उनीहरूको अनुरोध मानेन । “कुनै पनि विश्वसनीय सुरक्षा खतरा नभएको भन्दै बंगलादेश क्रिकेट बोर्डलाई विश्वकपमा सहभागिता जनाउन अन्तिम २४ घण्टाको समय दियो । त्यो समयसीमा सकिएपछि, स्कटल्याण्डलाई प्रतियोगितामा आमन्त्रित गरियो ।

पाकिस्तानले भारतविरुद्ध किन नखेल्ने ?

पाकिस्तानले १५ फेब्रुअरीमा श्रीलंकाको कोलम्बोमा हुने भनिएको भारत विरुद्धको खेल बहिष्कार गरिरहेको छ । एक विज्ञप्तिमा, पाकिस्तान सरकारले प्रतियोगितामा टोलीको सहभागितालाई “अनुमोदन“ दिएको बताएको छ तर भारतविरुद्धको खेलको लागि “मैदानमा उत्रने छैन“ ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नक्वीले पहिले भनेका थिए कि बंगलादेशलाई प्रतियोगिताबाट हटाइएपछि टोली पूर्ण रूपमा बाहिरिन सक्छ । पाकिस्तान र भारतले २०१३ देखि प्रमुख प्रतियोगिताहरूबाहेक द्विपक्षीय खेल खेलेका छैनन् । साथै, भारतले २००८ देखि पाकिस्तानमा खेलेको छैन।
श्रीलंकाको टोली बसमा लाहोर आक्रमणपछि पाकिस्तानले २००९ र २०१९ को बीचमा कुनै पनि राष्ट्रहरूलाई आमन्त्रण गरेर क्रिकेटको आयोजना गरेको थिएन । मुम्बई आक्रमणपछि २००९ देखि पाकिस्तानी खेलाडीहरूलाई पनि आईपीएलबाट प्रतिबन्ध लगाइएको छ ।

गत वर्ष पाकिस्तानले च्याम्पियन्स ट्रफीको आयोजना गर्दा भारतले पाकिस्तान जान अस्वीकार गरेको थियो । आईसीसीले भारतका सबै खेलहरू संयुक्त अरब इमिरेट्समा खेलाएको थियो ।

पाकिस्तानलाई कस्तो सजाय हुनेछ ?

आईसीसीले पाकिस्तानलाई कस्तो किसिमको सजाय दिने त्यो अहिलेसम्म केही सार्वजनिक गरिएको छैन । यदि, पाकिस्तानले नखेलेमा भारतलाई जितको दुई अंक दिइने अनुमान गरिएको छ । पाकिस्तानको हकमा नेट रन–रेट कटाउने अनुमान छ ।

पाकिस्तानले आफ्नो समूह चरणका अन्य खेलहरूमा नेदरल्याण्ड्स, संयुक्त राज्य अमेरिका र नामिबियासँग सामना गर्नेछ, र यदि उनीहरूले फाइनलमा भारतसँग सामना गरे भने के हुन सक्छ भन्ने कुरा स्पष्ट छैन । फाइनल त भारतमै हुने तय छ ।

यसअघि भारत, पाकिस्तान र श्रीलंकाले सह–आयोजना गरेको १९९६ को विश्वकपमा अस्ट्रेलिया र वेस्ट इन्डिज दुवै टोलीले कोलम्बो यात्रा नगर्ने निर्णय लिएका थिए । यस्तै, २००३ को विश्वकपमा इङ्गल्याण्डले सुरक्षा चिन्ता र देशमा सामाजिक अशान्तिलाई उद्धृत गर्दै हरारेमा जिम्बाब्वेविरुद्ध नखेल्ने निर्णय लिएको थियो । यसो गरेबापत ती कुनै पनि राष्ट्रले आईसीसीबाट पछि जरिवाना वा सजाय पाएनन्, यद्यपि सबैले अंक गुमाएका थिए ।