चेस टू डटकमको नेपालमा सुरुआत भयो


काठमाडौं ।

चेस सम्बन्धी वेबसाइट चेस जेन टू चेसटूडटकमको नेपालमा आधिकारिकको रूपमा सुरुआत भएको छ । बुधबार एक कार्यक्रममा यसको उद्घाटन वरिष्ठ कलाकारद्धय हरिवंश आचार्य र किरण केसीका साथै बाहखरीडटकमका पत्रकार राजेश श्रेष्ठ र नेपाल स्टार हिमाञ्चलराज केसीले उदघाटन गरेका हुन् ।

कलाकार किरण केसीलाई नेपालमा आधिकारिकरुपमा यसको ब्रान्ड एम्बासेडरको रूपमा पनि नियुक्ती गरिएको छ । दर्शकमा राता मकै उपनामले बढी परिचित भएका केसीले नेपाल समाचारपत्रलाई बताएअनुसार यसको प्रचार प्रसार गर्ने संचालन गर्ने उनलाई जिम्मा दिइएको हो ।
केसीले यसबारे बताए–यो चेस चाहिँ अरु नियमित चेसभन्दा भिन्न रहेको छ । यो वेबसाइटमा गएपछि त्यहाँ विभिन्न किसिमका मनोरञ्जन लिने रमाइलो खालको चेस खेल्न सकिन्छ ।

उनले यसलाई विद्यालयहरूतिर पनि प्रवद्र्धन गर्ने भन्दै बताए–अब, यसलाई प्रवद्र्धन गर्न देशव्यापीरुपमा विद्यालयहरूमा प्रतिस्पर्धा गराउनेछु । समय मिलेको खण्डमा दिनको दुई–तीनपटक चेस खेल्न थालेमा विद्यार्थीहरूको दिमाग पनि बलियो हुनेछ । यसले चेस खेल्न प्रेरणा दिने मैले विश्वास लिएको छु । यसबाट राम्रा राम्रो उत्कृष्ट खेलाडी नेपालले पाउनेछ भन्ने पनि विश्वास छ ।

प्रतिस्पर्धामा नेपालबाट पनि विश्वमा भाग लिन सकेमा नेपाली खेलाडीको लागि कमाउने सक्ने वातावरण पनि प्राप्त हुने केसीले बताए । उनले थपे–विश्वको कूल जनसंख्याको करिब ३२ प्रतिशत मान्छेहरूले हरेक दिन चेस खेलिरहेका नै हुन्छन् । यो चेस खेल्ने क्रममा प्रतिस्पर्धामा नेपालबाट पनि भाग लिन पाउन सकेमा ठूलै रकम पुरस्कार प्राप्त गर्न सकिने पनि संभावना हुन्छ । मेरो उद्देश्य एउटै रहेको छ कि नेपाली बच्चाहरूले मोबाईल र ल्यापटपमा अरु खेल खेल्नुको सट्टा चेस खेलेर भविष्य सुरक्षित गर्न सकोस भन्ने हो ।

केसीका अनुसार चेसटूडटकम सन् २०२२ मा स्थापित गरिएको थियो । अमेरिकाको बोस्टनस्थित म्यासेचृुसेटमा सुदीप केसी र पारस अधिकारीले अफ्रिका र बंगलादेशका आईटी इन्जियरिङलाई यस वेबसाइटको डिजाइन गर्न लगाएका थिए । दुई वर्षको अथक प्रयासपछि सो वेबसाइट अमेरिकामा ५ महिनाअघि सुरुआत गरिएको हो । सुदीप र पारस यस यस वेबसाइटका डाइरेक्टर पनि हुन् ।