कांग्रेस महाधिवेशन : भोलि बिहान ७ बजेबाट मतदान


काठमाडौँ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान स्थगित भएको छ।

निर्वाचन समितिले मतदानका लागि नयाँ समय तोक्दै भोलि शुक्रबार बिहान ७ बजेबाट मतदान सुरु गर्ने जनाएको छ।

यसअघि बिहान १० बजेका लागि तय गरिएको मतदान समय तीनपटक सारेर दिउँसो साढे २ बजे पुर्‍याइएको थियो। तर, उक्त समयमा पनि मतदान सुरु हुन सकेन।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।