नेपाललाई पहिलो पदक


काठमाडौं ।

जापानको नागोयामा सञ्चालन भइरहेको २०औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ ।आज बुधबार भएको खेलमा कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा नेपालका लागि कांस्य पदक जितेका छन् ।

सेमिफाइनलमा इरानका महमुद नेमातीसँग ०–५ ले पराजित भएका तेन्जिङले कांस्य पदकका लागि भएको रेपिचेज खेलमा उत्कृष्ट पुनरागमन गर्दै लाओसका वात्थाना जायासनलाई ९–१ ले पराजित गरे ।

यसअघि करातेका आशा गरिएका खेलाडीहरू पदकविहीन भएका थिए ।