काठमाडौँ।
ललितपुरको गोदावरी नगरपालिका–८ स्थित नक्खु खोलामा एक पुरुषको शव फेला परेको छ । आइतबार अन्दाजी ४०/४५ वर्षको देखिने पुरुष मृतावस्थामा भेटिएका हुन् ।
खोलामा तैरिएको अवस्था शव फेला परेको प्रहरीले जनाएको छ । घटना शंकास्पद हुन सक्ने प्रहरीको आशंका छ ।
शव पोस्टमार्टमका निम्ति लगनखेलस्थित पाटन अस्पतालमा पठाइएको र थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया