सुनको मूल्य ३ लाख ३ हजार नाघ्यो


काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य शुक्रबार प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार यसको मूल्य २ लाख ९९ हजार ५ सय रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १ सय ५० रुपैयाँले बढेको छ। आज चाँदी ४ हजार ७ सय ७५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ।