लन्डन, (एजेन्सी) ।
गत ३१ अगस्टमा अन्तर्राष्ट्रिय करिअर समाप्त भएको घोषणा गरेका स्टार फुटबलर लियोनल मेसीले अर्जेन्टिनाका लागि अन्तिम खेल खेल्ने भएका छन् ।
अर्जेन्टिनाको फुटबल संघ (एएफए) ले भव्य विदाई कार्यक्रम गर्नु पर्ने थान्दै मेसीलाई राष्ट्रिय टोलीबाट खेलाउने भएको हो । यसअघि विश्वकपको फाइनलमा स्पेनसँग खेलेको खेल नै उनको अर्जेन्टिना जर्सीमा अन्तिम खेल बनेको थियो । सो फाइनल खेलमा स्पेनले अर्जेन्टिनालाई १–० ले हराएर विश्वकप उपाधि जितेको थियो ।
सेप्टेम्बर–अक्टोबरको फिफा विन्डोका लागि अर्जेन्टिनाले तीन खेलको तालिका सार्वजनिक गरेको छ । सेप्टेम्बर ३० मा बोलिभियाको आतिथ्य गर्ने अर्जेन्टिनाले अक्टोबर ३ र ६ मा घरेलु मैदानमा क्रमशः बुर्किना फासो र बेनिनसँग खेल्नेछ ।
यसमा मेसीको बिदाइका लागि बेनिनविरुद्धको अक्टोबर ६ को खेल विशेष रुपमा भव्य गर्ने तयारीमा रहेको छ । उक्त खेलका लागि घोषित २८ सदस्यीय टोलीमा मेसीलाई पनि राखिएको हो ।
मेसीले टोलीमा सहभागी हुने वा नहुनेबारे औपचारिक रूपमा पुष्टि भने गरेका छैनन् । तर, एएफएका अध्यक्ष क्लाउडियो तापियाका अनुसार मेसीले ब्युनस आयर्समा बेनिनविरुद्ध हुने खेलका लागि निमन्त्रणा स्वीकार गरिसकेका छन् ।
आठपटक बालोन डी’ओर जितिसकेका मेसी हाल इन्टर मायामीबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । अर्जेन्टिनाका लागि सर्वाधिक गोल गरेका उनी सर्वाधिक खेल खेल्ने खेलाडीसमेत हुन् । उनले राष्ट्रिय टोलीबाट २ सय ७ खेलमा १ सय २५ गोल गरेका छन् ।
मेसीका उपाधिहरू
–२००५ मा यू २० विश्व च्याम्पियन
–२००८ मा बेइजिङ ओलम्पिकमा स्वर्ण पदक
–२०२१ मा कोपा अमेरिका च्याम्पियन
–२०२२ मा विश्वकप च्याम्पियन
–२०२४ मा कोपा अमेरिका च्यामिपयन
विशेष उपलब्धिहरू
३४– विश्वकपमा सर्वाधिक खेल खेलेको
६५– विश्वकपमा सर्वाधिक असिस्ट गरेको
२३१४ मिनेट–विश्वकपमा मैदानमा सर्वाधिक समय खेलेको
११–विश्वकपमा सर्वाधिक प्लेयर अफ द म्याच
११–विश्वकप र अन्य प्रतियोगिता गरी अर्जेन्टिनाका लागि सर्वाधिक ह्याट्रिक
८–बालोन डीओर जितेको











प्रतिक्रिया