बाढी प्रभावितका लागि गायिका मेलिना राईले १ लाख रुपैया सहयोग गरेकी छन्। अभिनेता विपिन कार्की र जितु नेपाल, गायक चक्र बमले ५१ हजार रुपैया ५१÷५१ हजार, अभिनेत्री वर्षा शिवाकोटीले ३ लाख रुपिया सहयोग गरेका छन्। त्यसैगरी कन्टेन्ट क्रिएटर तथा अभिनेता पारस बम ठकुरी ‘कुल ब्वाई’ ले ५ लाख रुपैया सहयोग गरेका छन्। गायक आनन्द कार्की र रामकृष्ण ढकाले ११÷११ हजार रुपिया, हिमाल सागरले २७ हजार ७ सय ७७ रुपिया, तथा गायिका मञ्जु पौडेलले २५ हजार रुपैया सहयोग गरेकी छन्। निर्माता सुशील पोखरेलले ३३ हजार ३ सय ३३ रुपैया“ ३३ पैसा सहयोग गरेका छन्। मिस नेपाल २००२ तथा टेलिभिजनकर्मी माल्भिका सुब्बाले ५० हजार र कलाकार शिवशंकर रिजालले २१ हजार रुपिया सहयोग गरेका छन्।
नायक पल शाहले नुवाकोटको विदुर नगरपालिकामा पुगेर ४ सय घर परिवारलाई सिरक डस्ना, चाउचाउ, विस्कुट, स्यानिटरी प्याडलगायतका सामग्री प्रदान गरेका छन्। कलाकार दुर्गेश थापा भने आर्थिक सहयोगसगै प्रत्यक्ष रूपमा राहत वितरणमा समेत सक्रिय भएका छन्। उनले आवश्यक ठाउ“सम्म पुगेर लत्ताकपडा, सिरक–डसना, बालबालिकाका कपडा तथा अन्य आवश्यक राहत सामग्री वितरण गरेका छन्। बाढी प्रभावितका लागि उनले खानाको प्रवन्धसमेत गरेका छन्। गायिका देविका बन्दनाले राहत सामग्र पठाएकी छन्। अभिनेत्री प्रियंंका कार्कीले राहत सामग्री संकलन गरेकी छन्। मोडल तथा कटेन्ट क्रियटर इभा गिरीले पनि प्रभावित क्षेत्रमा पुगेर औषधि लत्ताकपडाजस्ता सामग्री उपलब्ध गराएकी छन्। अभिनेता शुसान्त कार्कीले नुवाकोटमै पुगेर राहत सामग्री प्रदान गरेका छन्।
दीपकराज गिरी र दीपाश्री निरौलाको आमा सरस्वती मुजिभले ३ लाख रुपिया सहयोग गरेको छ। अभिनेत्री विपना थापा तथा उनका श्रीमान् डा. आशुतोष भारद्वाजको तर्फबाट २ लाख ५१ हजार १ सय ११ रुपैया सहयोग गरिएको छ। त्यसबाहेक उनका भाइहरू तथा साथीभाइबाट समेत करिब १३ लाख रुपैया संकलन गरिएको बताइएको छ। मिस नेपाल दीपमाला ढकालले हामी नेपाल संस्थास“गको सहयकार्यमा नुवाकोटको विभिन्न स्थानमा पुगेर राहत प्रदान गरेकी छन्।
सांगितीक समूह कन्दराले अमेरिकाको एटलान्टा कन्सर्टबाट संकलित २५ लाख रुपिया“ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको छ।
गायिका अञ्जु पन्त, निर्माता निर्देशक ज्ञानेन्द्र देउजा, आकाश अधिकारी, अभिनेत्री वर्ष राउत, कलाकार सुनिशा बजगाईं, हास्य कलाकार राजेन्द्र पोखरेल, राधेश्याम लेकाली तथा गायिका जलजला परियारलगायतले पनि रकम नखुलाई सहयोग अभियानमा जोडिएका छन्।
भोटेकोशी बाढीपीडित राजकुमार डंगोललाई पूर्वमिस नेपाल आश्माकुमारी केसी, पूर्व मिस नेपाल इन्टरनेसनल तथा अभिनेत्री नीति शाह र त्रिसरा रेस्टुरेन्टले संयुक्त रूपमा ३ लाख रुपैया“ आर्थिक सहयोग गरेका छन्।
उत्तरगया–५, बेत्रावतीका राजकुमार डंगोलको परिवारले ठूलो क्षति बेहोर्नुपरेको थियो। बाढीले उनको घर तथा सम्पत्तिसहित श्रीमती विष्णुकुमारीको उपचारका लागि लामो समयदेखि जम्मा गरेको २५ लाख रुपैया“ नगद र गरगहना समेत बगाएको थियो। विष्णुकुमारी मिर्गौला रोगबाट पीडित रहेकाले उनको उपचारका लागि आवश्यक रकमसमेत बाढीले नष्ट भएपछि डंगोल थप संकटमा परेका थिए।












प्रतिक्रिया