चितवन ।
चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा मत्ता जङ्गली हात्ती ‘गोविन्दे’ देखिन थालेको छ। करिब एक महिनायता खोरसोरमा रहेका हात्तीलाई चराउन जङ्गल लैजाने क्रममा गोविन्दे पनि उनीहरूसँगै जङ्गल जाने गरेको छ।
केन्द्रका हात्ती जङ्गलबाट फर्किएपछि गोविन्दे भने खोरसोर आसपासमै बस्ने गरेको छ। विशेषगरी पोथी हात्तीको खोजीमा रहेको गोविन्दे प्रजननका लागि पोथी हात्तीको प्रतीक्षा गर्दै खोरसोर क्षेत्रमा बस्ने गरेको जनाइएको छ।
पोथी हात्ती ‘ढोई’को खोजीमा गोविन्दे खोरसोर प्रवेश गरेको बताइएको छ। मत्ता जङ्गली हात्ती गोविन्देले केन्द्रका हात्तीसँगै जङ्गल जाने र उनीहरू फर्किएपछि पुनः खोरसोर आसपासमा देखिने गरेको केन्द्रले जनाएको छ।
खोरसोरमा जङ्गली हात्तीको नियमित आवतजावत हुन थालेपछि केन्द्रका कर्मचारी तथा हात्तीका गतिविधि नजिकबाट नियालिरहेका छन्। प्रजननका लागि पोथी हात्तीको खोजीमा आएको गोविन्देको उपस्थितिले खोरसोर क्षेत्रमा जङ्गली हात्ती र केन्द्रका हात्तीबीचको प्राकृतिक सम्पर्कसमेत देखिएको छ।











प्रतिक्रिया