सोमको नयाँ राष्ट्रिय कीर्तिमान


काठमाडौं

सोमबहादुर कुमालले ८ सय मिटर दौडमा आफ्नै राष्ट्रिय कीर्तिमान तोड्दै नयाँ कीर्तिमान रचेका छन् ।
भारतको भुवनेश्वरमा जारी वल्र्ड एथ्लेटिक्स सिल्भर लेभल कन्टिनेन्टल टुर अन्तर्गत ८ सय मिटर दूरी सोमले १ मिनेट ४९.५५ सेकेन्डमा पूरा गरेका हुन् । योसँगै उनले आफ्नै नाममा रहेको १ मिनेट ५०.२५ सेकेन्डको पुरानो राष्ट्रिय कीर्तिमानमा सुधार गरे ।

सोमले सन् २०१८ मा इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदमा १ मिनेट ५०.२५ सेकेण्डको समय निर्धारण गरेका थिए । लामो समय प्रशिक्षण र धर्यताकाबाट आज कीर्तिमान तोड्न पाएकोमा खुसी लागेको उनले बताए । उनी जापानमा अर्को महिना हुने २० औं एसियाली खेलकुदको लागि राष्ट्रिय टोलीमा छन् ।