काठमाडौं ।
भदौ महिना लागेसँगै अन्डाको मूल्य फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले बिहीबारदेखि लागू हुने गरी अन्डाको नयाँ फार्म समर्थन मूल्य तोकेको हो ।
चितवनलाई आधार मानेर तोकिएको नयाँ मूल्यअनुसार एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ५९० रुपैयाँ, ठूलो अन्डा ५७५ रुपैयाँ र मिडियम अन्डा ५३५ रुपैयाँ पुगेको छ । सानो अन्डाको मूल्य भने प्रतिपेटी ३२ सय रुपैयाँ कायम छ ।
संघले एक सातामै अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँ बढाएको हो । यसअघि ३० साउनदेखि एक्सएल अन्डा ५७५, ठूलो ५६० र मिडियम ५२० रुपैयाँमा बिक्री हुँदै आएको थियो ।
व्यवसायीका अनुसार बर्डफ्लु संक्रमणका कारण ठूलो संख्यामा कुखुरा नष्ट गर्नुपरेपछि अन्डा उत्पादनमा कमी आएको छ । उत्पादन घटेसँगै माग धान्न कठिन भएपछि मूल्य बढाउनुपरेको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले बताएका छन् ।











प्रतिक्रिया