काठमाडौं ।
काठमाडौंस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस मनाएको छ। शनिबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी कार्यक्रमको उद्घाटन गरेका हुन्।
कार्यक्रममा भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा गरेको सम्बोधनको भिडियोसमेत प्रसारण गरिएको थियो।
सो अवसरमा भारतीय सशस्त्र बलका ११ जना दिवंगत सुरक्षाकर्मीका ‘वीर नारी’ तथा निकटतम आश्रितलाई सम्मान गर्दै ‘आर्मी ग्रुप इन्स्योरेन्स फन्ड’ (एजिआइएफ) अन्तर्गत कुल ८ करोड २० लाख नेपाली रुपैयाँ बराबरको चेक मृतकका परिवारलाई हस्तान्तरण गरिएको दूतावासले जनाएको छ।
त्यस्तै, विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कृत गरिएको थियो। दूतावासले शैक्षिक सामग्रीमा पहुँच बढाउने उद्देश्यले नेपालका सातवटै प्रदेशका २२ वटा शैक्षिक संस्था तथा पुस्तकालयलाई पुस्तक अनुदान दिने घोषणा पनि गरेको छ।











प्रतिक्रिया