२०५७ सालमा रिलिज भएको म्युजिकल फिल्म गौँथलीले प्रदर्शनको ५१औँ दिन मनाएको इतिहास थियो। तत्कालीन माओवादी आन्दोलनका कारण सिनेमा हल बन्द भइरहेका बेला काठमाडौँमा लामो समय चल्न नसके पनि काठमाडौँबाहिर दाङलगायत तीन स्टेसनमा फिल्मले ५१औँ दिन मनाउन सफल भएको थियो।
त्यही फिल्मको अपडेटेड भर्सनका रूपमा २६ वर्षपछि पुनः गौँथली निर्माण भयो। गौंथलीका लेखक तथा निर्माता डा. भोला रिजालकै कथामा उनका छोरा डा. कपिल रिजालले निर्देशन गरेको यो उनको ह्यारी कि प्यारीपछि दोस्रो निर्देशकीय फिल्म हो।
साउन १ गतेदेखि प्रदर्शनमा आएको नया गौथलीले प्रदर्शनको पाचौ सातामै २० करोड रुपिया ग्रस कलेक्सन गरिसकेको छ। यसअनुसार गौथली यस वर्ष हालसम्मकै सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बनेको छ। सगसगै सर्वकालिन धेरै कमाउने दोस्रो फिल्म पनि बनेको छ। पाचौ सातामा समेत फिल्मको व्यापारिक गति तीव्र पाइएको छ। फिल्म अब २५ करोड रुपैयाको आकडातर्फ अघि बढेको छ। स्पाइडर म्यानको शो घट्दै जादा गौथलीको शो थपिनु तथा नया रिलिज भएका फिल्मभन्दा दर्शकको रोजाइ यसतर्फ देखिनुले यसको प्रदर्शन यात्रा लामो हुने संकेत गरेको छ।
निर्देशक डा. कपिल रिजालले दर्शक प्रतिक्रियाका आधारमा फिल्मले ५१औ दिनको यात्रा तय गर्ने विश्वास व्यक्त गरेका छन्। ‘हलमा आएपछि सिनेमा हाम्रो रहदैन, दर्शकको हुन्छ। दर्शकले मन पराइदिनु भइरहेको छ। आफूले हेरेपछि आप्mना आफन्त र छिमेकीलाई हेरिदिनुस् भनेर भनिरहनुभएको छ’ डा. रिजालको भनाइ छ ‘अहिलेसम्मको माया र प्रतिक्रिया हेर्दा ५१औ दिनको सेलिब्रेसन गौ“थलीले गर्छ भन्ने लागेको छ।’
अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायतका कलाकारले अभिनय गरेको फिल्म भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको हो।











प्रतिक्रिया