रिलिजमा रहेको ब्लकबस्टर फिल्म गौथलीबाट चर्चा कमाइरहेका अभिनेता अरुण क्षेत्री अब नेपाली हास्य इतिहासका चर्चित पात्र हरिवंश आचार्यको भूमिकामा देखिने भएका छन्। ख्यातिप्रँप्त अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित बायोपिक फिल्म म
मदनकृष्णका लागि उनलाई हरिवंशको भूमिकामा अनुबन्ध गरिएको हो।निर्माण टिमले यसस“गै अर्को महत्वपूर्ण घोषणा पनि गरेको छ। अरुणले म मदनकृष्णस“गै भविष्यमा निर्माण हुने हरिवंश आचार्यको छुट्टै बायोपिकमा पनि शीर्ष भूमिका निर्वाह गर्ने गरी एकैपटक सम्झौता गरेका छन्। निर्देशक मिलन चाम्सका अनुसार हरिवंशको भूमिकाका लागि सक्षम कलाकारको खोजी गर्ने क्रममा अरुण छनोटमा परेका हुन्। ‘हामीले म मदनकृष्णमा हरिवंश दाइको भूमिकाका लागि अरुणलाई लिएका छौ। यससगै हरिवंश आचार्यको जीवनमा आधारित बायोपिकका लागि पनि उहा“स“ग सम्झौता गरेका छौ। उहाको अभिनयले दर्शकको अपेक्षा पूरा गर्नेमा हामी विश्वस्त छौ“’ मिलन भन्छन्। हरिवंशको पत्नीको भूमिकामा भने वर्षा राउतलाई लिइएको छ।
म मदनकृष्णले मदनकृष्णको जीवनका संघर्ष, सफलता, सरकारी सेवाको यात्रा, हरिवंश आचार्यस“गको लामो सहकार्य तथा अन्तरजातीय विवाहसम्मका विभिन्न अध्यायलाई समेट्नेछ । फिल्ममा मदनकृष्णको भूमिका महेश त्रिपाठीले निर्वाह गर्दैछन् भने केकी अधिकारीले उनकी पत्नी यशोदाको भूमिका निर्वाह गर्नेछिन्। साथै राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनालको पनि अभिनय रहनेछ।
मिलन चाम्सको निर्देशनमा बन्न लागेको फिल्म भिन्टेज मोसन पिक्चर्सको व्यानरमा राजकुमार श्रेष्ठले निर्माण गर्न लागेका हुन्। फिल्मको छाया“कन भदौ दोस्रो सातादेखि सुरु हुने तयारी छ। यसअघि चाम्सले राष्ट्रिय फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बाप्पेको जीवनमा आधारित बायोपिक अञ्जिला निर्देशन गरेका थिए।











प्रतिक्रिया