सामाजिक कथाको फिल्म बा ः एक योद्धाको लोकलयमा आधारित गीत नभन्नू कोइसित सार्वजनिक गरिएको छ।
हरि लम्सालको शब्द तथा संगीत रहेको गीतमा सागर आले र समीक्षा अधिकारीको स्वर छ। नेपाली मौलिक पञ्चेबाजाको धुनमा तयार पारिएको गीतले नेपाली विवाह र उत्सवको झझल्को दिन्छ।
गीतको भिडियोमा सुन्दर युवतीलाई देखेर एक युवकले घरजमको प्रस्ताव राखेको प्रसङ्ग प्रस्तुत गरिएको छ। गीतमा युवकले आफूलाई जीवनसाथी बनाउन आग्रह गरे पनि युवतीले भने बुबाआमाले खोजेको केटास“ग विवाह गर्ने जवाफ दिन्छिन्। सरकारी जागिरको प्रलोभन देखाउदै विवाहका लागि मनाउन खोजिएपछि युवतीले घमन्डको भारी बोकेर बसेको व्यक्तिसग विवाह गर्न नसक्ने बताउ“छिन्। यही संवादसगै गीतको भिडियो पनि सकिन्छ।
डान्सिङ प्याटर्नमा पञ्चेबाजाको प्रयोग गरिएको गीतको भिडियोमा करण साह र केकी अधिकारीले नृत्य गरेका छन्। यसअघि फिल्मको शीर्ष गीत चढेको बुई नबिर्स, टेकेको भुइ नबिर्स सार्वजनिक गरिएको थियो। हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्म आगामी भदौ १९ गते रिलिजमा आउ“दैछ। नेपाली संगीत क्षेत्रमा दर्जनौ“ कालजयी गीत दिइसकेका हरि लम्साल रचनाकार र गायकसमेत हुन्। बा ः एक योद्धा उनको पहिलो निर्देशनको फिल्म हो। फिल्ममा नेपाली समाजमा सन्तानको भविष्यका लागि बुबाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीलाई फिल्मको मुख्य कथाका रूपमा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ।
दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापालगायतका कलाकार मुख्य भूमिकामा रहेको फिल्म आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्म वसन्त लम्सालले निर्माण गरेका हुन्। अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काप्mले सह–निर्माता रहेको फिल्मको कथा र पटकथा पनि निर्देशक लम्सालले नै लेखेका छन्।











प्रतिक्रिया